प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण सतिष जंग शाह-जाजरकोटी सम्मानीत सर्वोच्च अदालतबाट मुद्दा नं. 072-WO-0419 मा मिति २०७३।०७।०२ गते मंगलबार गरेको फैसलाबाट नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणीका कम्प्यूटर अपरेटरहरु निजामती सेवा ऐन,२०४९ र नियमावली, २०५० बमोजिम जेष्ठता र कार्यसम्पादन मुल्याङ्कनको आधारमा बढुवा सूचना नं. २३९-२०७२/७३, २२५-२०७३/७४ र १८४-२०७४/७५ बाट नेपाल प्रशासन सेवा राजपत्राङ्कित तृतिय श्रेणीमा बढुवा भैरहेको विद्यमान अवस्था अवगतनै होला । हालै जारी भएको कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम कम्प्यूटर अपरेटरहरु पनि आफ्नो घरपायकका स्थानीय तह र प्रदेशमा समायोजन भएर जान पाउने अधिकारको सुनिश्चित गर्न अनुरोध गर्न चाहान्छौ ।तसर्थ, कर्मचारी समायोजन अध्यादेश, २०७५ बमोजिम स्थानीय तह र प्रदेशमा समायोजन गर्दा पाँच बर्ष भन्दा धेरै सेवा अवधि भएका नेपाल विविध सेवाका कम्प्यूटर अपरेटरहरुलाई नेपाल प्रशासन सेवाको छैटौ तहमा समायोजन गरियोस भन्ने हाम्रो जोडदारमाग रहेको छ । हाल हामी ५ वर्ष कटेकाहरुले कुन पोस्ट समायोजनमा रोज्ने कतै पनि देखिएको छैन । दरवन्दी चार्टमा पनि छैन र समायोजनमा यसरी जानु पनि भनेको छैन । अव हामीले समायोजनमा कसरी भाग लिने । यस्तो उत्तर जति सक्यो छिटो आवोस देश भरीकै ४०० भन्दा बढी ५ वर्ष कटेका कअहरु अन्योलमा रहेको अवस्था छ ।
गुनासो प्राप्त भएको मिति २०७५-९-२७
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) सङ्घीय मामिला तथा सामान्य प्रशासन
  • गुनासो सुन्ने आधिकारी:
  • जीवलाल भूसाल, उपसचिव शेखर निधि पौड्याल, शाखा अधिकृत देवेन्द्र कुमार झा, कम्प्यूटर अधिकृत सुमित भट्टराइ, कम्प्यूटर अपरेटर
  • ४२००२९८
  • mofagamails@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • प्राप्त उजुरी/गुनासाे आवश्यक कारवाहीकाे लागि कर्मचारी समायोजन गुनासो व्यवस्थापन समितिमा प्रेसित गरिएको छ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-९-२९
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|