प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण २०७२/०१/१२ गतेका दिन गएको विनाशकारी भुकम्पबाट ज्यान गुमाएका , घाइते तथा प्रभावित परिवारमध्ये हामी विभिन्न १४ जिल्लाका ४० जना बिद्यार्थीहरु नेपाल सरकार मन्त्रीपरीषदकाे निर्णय अनुसार पुर्ण छात्रवृत्तिमा CTEVT अन्तर्गत कर्णाली प्रदेशको एक विद्यालयमा तीन बर्षे बाली बिज्ञान अध्यनरत छौ । समृद्ध काफ्ले यस क्रममा बिगतका बर्षहरुमा हामीलाई नेपाल सरकारलेनै निर्वाह भत्ता स्वरुप मासिक रु ३५०० उपलब्ध गराउदै आएकोमा बिगत श्रावण महिनादेखि सो रकम पाएका छैनौं । यस बिसयमा CTEVT केन्द्रिय कार्यालयमा सम्पर्क गर्दा उक्त रकम "प्रदेशले उपलब्ध गराउने" र प्रदेशमा सम्पर्क गर्दा "अख्तियारी नपाएको " भन्ने जानकारी पायौं । यस विषयमा जानकारी दिन तथा आवश्यक प्रक्रिया अगाडि बढाइदिन " सरकार" समक्ष अनुरोध गर्दछु।
गुनासो प्राप्त भएको मिति २०७५-९-२७
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) अर्थ मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • श्याम प्रसाद आचार्य, शाखा अधिकृत
  • ४२००४२१
  • गुनासो माथिको प्रतिक्रिया
  • आबश्यक कारवाही गरी यर महाशाखालाई जानकारी दिनु हुना
  • प्रतिक्रिया प्राप्त मिति २०७५-९-२७
ताजा अवस्था तपाईंको गुनासो कारवाहीका लागि सम्बिन्धित कार्यालयमा पठाईएको छ र अब सोही कार्यालयबाट गुनासो माथी कारवाही हुनेछ ।