प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण म भुकम्प पिडीत हु मैले आफ्नो घर भएको ठाउमा स्थान स्थिती र परिवेशले नबस्ने र नया स्थानमा घर बनाउने योजनामा छु जुन भुकम्पमा भत्किएको जिल्ला भन्दा बाहिरी जिल्लामा पर्छ मैले घर बनाउनको लागी अन्यत्र जिल्लामा घर बनायको खण्डमा मैले अनुदान तथा ऋण सहयोग पाउने ब्यबस्था के कस्तो छ र मैले अन्यत्र जिल्लामा आफ्नो घर बनाई सकेपछि पिडीत रहेको नामावली भएको जिल्लामा रहेको पुननिर्माण प्रधिकरणमा मैले के कस्ता कागजात तथा के कस्तो अबस्थाको स्थिती पार गरी म स्वच्छ निश्पक्ष रूपमा पिडावाट उम्कन सक्छु ...?? कृपया पुननिर्माण प्राधिकरणमा यो गुनासो र फैसला सहितको प्रतिबेदन सहित उचित समस्याको समाधान गरिदिनुभएमा आभारी हुने थिए !
गुनासो प्राप्त भएको मिति २०७४-१०-२३
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
  • गुनासो सुन्ने आधिकारी:
  • शा.अ.लालबहादुर बस्नेत
  • ०१४२००५९१
  • gunaso.nra@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • भूकम्प प्रभावित जिल्लाका जोखिमयुक्त स्थानमा जग्गा भएको कारणले वा जग्गा नै नभएको कारणले घर निर्माण गर्न नसक्ने लाभग्राही बाहेक अन्यको हकमा छिमेकी जिल्लामा घर बनाउन नपाइने व्यहोरा जानकारीको लागि अनुरोध छ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७४-११-२३
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|