प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीमा कार्यारर्त प्रहरी सहायक निरीक्षक चन्द्रकुमार श्रेष्ठको असुली धन्दाले स्थानीय आजित छन् । बिरगंज दरबन्दी रही झन्डै ७ वर्षदेखि ट्राफिकमा कार्यरत हवल्दार रामेेेेश्वर पाण्डेलाई परिचालन गरी असुली धन्दालाई तीव्रता दिएका हुन् । पाण्डेको असुली आतंकले यातायात व्यवसायीहरू सबैभन्दा पीडित बनेका छन् । उनको जिम्मेवारी सिन्धुली, रामेछाप क्षेत्रतर्फ चल्ने विभिन्न सवारीसाधनहरुबाट मनलाग्दी रकम असुल्ने गरेको छ । यातायात व्यवस्था विभागले ११०९ नामक ट्रकलाई नेपालभरको परमिट दिन्छ, तर, हवल्दार पाण्डेले विभागले दिएको परमिटको वास्ता नगरी विभिन्न बहानामा ती ट्रकहरूबाट परमिट छैन भन्दै प्रत्येक गाडीबाट २ हजारको दरले रकम लिने गरेका छन् । सिन्धुली, फुर्कोट हुँदै रामेछापसम्म जाने यस्ता गाडीहरू ५० भन्दा बढी रहेका छन् । ती प्रत्यक गाडीबाट २ हजारका दरले रकम असुल्ने काम हवल्दार पाण्डेले गर्दै आएका छन् । परमिट छैन भन्दै पहिले २४ घण्टे चिट दिने र पछि घुस दिएपछि उक्त पहेँलो रङको चिट च्यातिदिने काम पाण्डेले गर्दै आएका छन् । निज पाण्डेलाई एक पूर्व एसएसपीको समेत संरक्षण रहेको कारण पनि लामो समयदेखि उनी सिन्धुली ट्राफिकमा कार्यरत रहिरहन सफल भएका हुन् । वीरगञ्ज ट्राफिकदेखि मकवानपुर ट्राफिकको बढी असुली धन्दा आइरहेको थियो । त्यसैगरी सानो हात्ती नामबाट पनि गोरु बोक्ने गाडीहरू सिन्धुलीबाट तराईतिर जाने गर्छन्, ती गाडीहरूबाट समेत हवल्दार पाण्डेले रकम असुल्दछन् । निर्माण व्यवसायी संघको रसिदमा हवल्दार पाण्डेले भवन निर्माणका लागि रकम असुल्ने काम गरिरहेकाले निज माथि आवश्यक अनुसन्धान गरि तत्कालै आफ्नु दरबन्दीमा पठाउने ब्याबस्था यस कार्यालयले गरोस् भन्ने गुनासो दर्ता गराउदछु ।
गुनासो प्राप्त भएको मिति २०७५-१-४
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • ४२११२६२
  • acharyasrama4@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • छानविन गरी तत्काल कार्वाही गर्न हुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-३-२९
ताजा अवस्था तपाईंको गुनासो कारवाहीका लागि सम्बिन्धित कार्यालयमा पठाईएको छ र अब सोही कार्यालयबाट गुनासो माथी कारवाही हुनेछ ।