प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण सरकार मेरो घर सप्तरी जिल्ला कन्चंरूप नगरपालिका मा छ , मेरो जन्म सोहि जिल्ल्ला को सगरमाथा अञ्चल अस्पताल मा भाको हो,मेरो बुवाले ले नि आफ्नो बाल्यकाल सोहि जिल्ला मा बिताउनु भयो ,मैले मेरो जीवनको २६ साल त्यहि जिल्ला त्यहि गाउमा बिताएको छु र हाल पनि सोहि स्थानमा बस्छु, मेरो परिवार सोहि स्थानमा बस्नु हुन्छ,मेरो घर नै त्यहि छ/ मैले संबिधान मा के छ बुझेको छुइन, बुझाइएको पनि छैन/ मेरो प्रस्न सरकारलाई अनि मलाई सासन गर्ने प्रदेश नम्बेर २ का सम्पूर्ण जिम्मेवार पधाधिकारीहरुलाई, म मधेसी हो कि हैन ??? तराईका मधेसी दलित जनजाती भनेर भनिरहदा म मधेसी कोटा मा पर्छु कि पर्दिन? मधेसी को परिभाषा के ?? चुनाब आउदा त म मधेस कै मतदाता!!
गुनासो प्राप्त भएको मिति २०७५-२-२
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) सङ्घीय मामिला तथा सामान्य प्रशासन
  • गुनासो सुन्ने आधिकारी:
  • उ.स. रमेश न्यौपाने, शा.अ. शेखर निधि पौडेल
  • ०१४२००५२८
  • गुनासो माथिको प्रतिक्रिया
  • यस मन्त्रालयकाे मिति 2075/2/7 च.न. 450 काे पत्रबाट संघीय मामिला महाशाखा लार्इ पत्राचार गरिएकाे ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-२-७
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|