प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण मालपोत कार्यालय ललितपुरमा अनियमित काम हुने गरेको छ। सर्वसाधारणहरु वडाको सिफारिश सहित अंशबन्डा गर्न ,भुकम्प पीडितले आफ्नो नाममा कित्ता काट गर्न ,जाँदा कित्ताकाट हुदैन। श्रावण बाट मात्र खुल्छ कित्ताकाटभनेर काम गर्दैनन् तर भित्र भित्र २०-५० रोपनी सम्मका जग्गा कारोवार गर्ने काम बिचौलिया र लेखापढी गर्ने व्यक्ति मार्फत प्लटिङ्गका जग्गाहरु कित्ताकाट भैरहेको छ। सम्बन्धित पक्षले त्यस तर्फ छानबिन गरि अनियमित काम रोकी सर्वसाधारणको अंश बन्डा लगायतको आवस्यक पर्ने काम रोक्ने काम नगरियोस।
गुनासो प्राप्त भएको मिति २०७६-२-९
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) राष्ट्रिय सतर्कता केन्द्र
  • गुनासो सुन्ने आधिकारी:
  • डालनाथ अर्याल
  • ०१४२११३४५
  • dnajp@yahoo.com
  • गुनासो माथिको प्रतिक्रिया
  • कारवाही प्रकृया अगाडी बढाइएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-२-१०
  •  
  • 2) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • राम वहादुर के.सी.
  • ४२११६६६
  • गुनासो माथिको प्रतिक्रिया
  • मिति २०७६।२।२८ मा प्र.मा.अ. श्री भीमकान्त पौडेलसँग मोबाइलमा फोन गरी सर्वसाधारणका कानून सम्मत कार्यहरु यथासमयमा सम्पन्न गर्न र कार्यालयबाट कुनै गैर कानुनी कित्ताकाट हुन नदिने निर्देशन दिइएकोले र निजले पिन सो व्यहोरामा प्रतिबद्धता व्यक्त गरेकोले फर्छ्यौट गरिएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-२-२८
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|