प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण वारी चालक अनुमतिपत्र प्राप्त गर्न लिइने लिखित र प्रयोगात्मक परिक्षाको निम्ती यातायात व्यवस्था कार्यलयले फारम भर्दाकै बखत रु ५०० दस्तुर लिइसकेपछि, प्रयोगात्मक परिक्षाको दिन सवारी र स्थल व्यवस्था गरिदिने दायित्व कस्को हो? एकाएक ट्रायल दिने दिन, उक्त परिक्षाको लागि आज बाट रु २२१|४८ को बिल काट्नु पर्ने भन्दै इजि वे ट्रायल सेन्टर प्रा लि, राधेराधे, भक्तपुरले (जहाँ यातायात व्यवस्था कार्यलय, जगाती ले ट्रायल दिने केन्द्र तोकेको छ) सो रकम सबैसँग उठायो। सो विषयमा त्याहाँ जिज्ञासा राख्दा कसैले पनि आश्वसत हुने जवाफ दिन नसक्नु शंकास्पद छ। तिर्नुपर्ने रकम भए नागरिक बडापत्रमा उल्लेख गरेर पर्याप्त जानकारी दिएर उठाइयोस, गैरकानुनी रुपमा उठाइएको भए, संलग्नलाई कार्वाहि गरेर पसिनाको कमाई फिर्ता गरियोस।
गुनासो प्राप्त भएको मिति २०७६-२-१
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • ४२११२६२
  • acharyasrama4@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • अनुगमन तथा निरिक्षण गरि तत्काल आवश्यक कार्वाही गर्न हुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-२-१
ताजा अवस्था तपाईंको गुनासो कारवाहीका लागि सम्बिन्धित कार्यालयमा पठाईएको छ र अब सोही कार्यालयबाट गुनासो माथी कारवाही हुनेछ ।