प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण यातायात व्यवस्था कार्यालय जागति भक्तपुरमा ट्रायल दिनको लागि सेवाग्राहिले रू.५००/- भुक्तानी गरिसकेपछि ट्रायलको लागि इजी वे ट्रायल सेन्टर राधे राधे मा पठाइन्छ । त्यहाँ पनि प्रतिव्यक्ति रू.२००/- तिर्नु पर्ने हुन्छ । त्यसरी दुइ ठाउँमा किन भुक्तानी गर्नु पर्ने हो । नियमसंगत हो भने यातायात व्यवस्था कार्यालय जागतिमा नै रू.७००/- किन लिइदैन । हामिले सरकारी कागजपत्र लिन जाँदा राजस्व सरकारलाई नै बुझाउने पर्ने होइन , जानकारी चाहियो । त्यहाँ ट्रायलको जिम्मा उक्त इजि वे ट्रायल सेन्टरकै कर्मचारीले ट्रायल गराउछन । सरकारी प्रतिनिधि त्यहाँ नभएको पाइन्छ । सरकारी प्रतिनिधि विना कसरी ट्रायल लिइन्छ । यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।
गुनासो प्राप्त भएको मिति २०७६-२-१
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) राष्ट्रिय सतर्कता केन्द्र
  • गुनासो सुन्ने आधिकारी:
  • डालनाथ अर्याल
  • ०१४२११३४५
  • dnajp@yahoo.com
  • गुनासो माथिको प्रतिक्रिया
  • कारवाही प्रकृया अगाडी बढाइएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-२-१
ताजा अवस्था तपाईंको गुनासो कारवाहिको प्रक्रियामा छ ।