प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण म हजुर कै निजामती कर्मचारी, आज मात्र नयाँ बसाइ सराइका कारण सानोठिमी देखि सिंहदरबार सार्वजनिक यातायात प्रयोग गरे । दिनहुँ यसरी नै Office आउनु पर्ने हो? यात्रुहरुके भोगेको सास्ती देख्दा आफूलाई निजामती हुनुमै नमज्जा लाग्यो। त्यसमै ८-१० जना कर्मचारी पनि। गुन्द्रुक झै कोच्ने अनि station आउनसाथ अघि आइपुग्नु पर्ने । अनि यातायातमा महिला हिंसा, चोरी, विभिन्न शोषण नहोस् त कसरी? कुरा मात्र गर्ने सरकार भनेर आलोचना भईरहेको अवस्थामा, Please, यस तर्फ शीघ्र ध्यान आकर्षित होस्। सरकारी कर्मचारीको हकमा पनि, सरकारी गाडीहरु खाली दौडिने अनि कर्मचारी कोचिएर २ घन्टा लगाएर office आउने? तोकिएको पोशाक लगाएको कर्मचारी office जाने-आउने समयमा बाटोमा देखिए अनिवार्य रोक्नु पर्ने व्यवस्था र कर्मचारीले समेत ठुला-साना कर्मचारी नसोची गाडीहरु रोक्न सक्ने वातावरण त बिना लगानी समेत बनाउन सकिएला कि ? -- With Regards, Gita Ghimire.
गुनासो प्राप्त भएको मिति २०७६-२-१
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन
  • गुनासो सुन्ने आधिकारी:
  • जीवलाल भूसाल, उपसचिव शेखर निधि पौड्याल, शाखा अधिकृत देवेन्द्र कुमार झा, कम्प्यूटर अधिकृत सुमित भट्टराइ, कम्प्यूटर अपरेटर
  • 4200298
  • mofagamails@gmail.com
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।