प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण उदयपुरको प्रभावकारी अनुगमन नहुँदा उदयपुरमा ढुंगा, गिट्टी, बालुवा उत्खनन् मनलाग्दी रूपमा भइरहेको छ । जिल्ला समन्वय समितिले ठेक्का लगाएको क्षेत्र भन्दा अन्य सम्बेदनशील क्षेत्रमा समेत ढुंगा, गिट्टी, बालुवा उत्खनन् भइरहेको छ । समन्वय समितिले आर्थिक वर्ष २०७४/०७५ मा ५ फर्मलाई विभिन्न खोला नालमा ठेक्का दिएको थियो । जसमा विभिन्न मापदण्ड तोकेर दिएर पनि अनुगमन नहुँदा ठेकेदारले मनलाग्दी गरिरहेकाे छ । कटारी नगरपालिकामा पर्ने सुनकोसी नदी, बादुरा खोलाको ढुंगा, गिट्टी, बालुवाको ठेक्का श्रेष्ठ विल्डर्स ललितपुरलाई दिएको थियो । जसलाई जिल्ला बाहिर निकासी मा गर्न पाइने नभने पनि सिन्धुली, ओखलढुंगा लगायतका जिल्लामा समेत निकासी गरिरहेको छ । 'जिल्ला समन्वय समितिले ठेक्का लगाएको ढुंगा, गिट्टी, बालुवा उत्खनन् क्षेत्रको प्रभावकारी अनुगमन नहुँदा समस्या निम्तिएको छ ।
गुनासो प्राप्त भएको मिति २०७५-२-३०
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) सङ्घीय मामिला तथा सामान्य प्रशासन
  • गुनासो सुन्ने आधिकारी:
  • रमेश न्यौपाने, उपसचिव शेखर निधि पौड्याल, शाखा अधिकृत देवेन्द्र कुमार झा, कम्प्यूटर अधिकृत सुमित भट्टराइ, कम्प्यूटर अपरेटर
  • ४२००२९८
  • rameshpoem@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • यस मन्त्रालयकाे मिति 2075/3/7 च.न. 520 काे पत्रबाट जि.स.स. उदयपुर र कटारी न.पा. लार्इ पत्राचार गरिएकाे ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-३-७
  •  
  • 2) प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय
  • गुनासो सुन्ने आधिकारी:
  • रामचन्द्र कोइराला
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • त्यस मन्त्रालयकाे मिति 2075/3/7 च.न. 520 काे पत्रबाट जि.स.स. उदयपुर र कटारी न.पा. लार्इ पत्राचार गरिएकाे पत्रकाे कारवाही विवरण पनि पठाउनुहाेस ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-४-२
ताजा अवस्था तपाईंको गुनासो कारवाहिको प्रक्रियामा छ ।