प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण राजदुत नियुक्तिको मापदण्ड बन्न लागेको सुनेर खुशी लग्यो,यदि राष्ट्र/संस्थागत इन्ट्रेस्ट हेर्ने हो भने कर्मचारीको हकमा सहसचिब वा सो सरहको पदमा कम्तिमा पाचबर्ष सेवा गरेकोलाई मात्र राजदुत बनाउनु पर्छ,यो मापदण्डमा राख्दा उत्तम ! सहसचिब भएको २-३ बर्षमा राजदुत बनाउदा संस्थागत मेमोरीको अभाव, देश र संस्थाको नीतिगत क्षमताको बुझाइमा कमि, कुटनीतिक समन्वयको समस्या, कार्यसम्पादनमा कमजोरी, अन्तर निकाय समन्वय समस्यामूलक, द्विपक्षीय र बहुपक्षीय नेगोसिएसन र ब्यबहारमा समस्या इत्यादी हुन्छ ! फेरी राजदुत मर्यादाक्रममा पनि सचिवको लाईनमा राखेकोले न्युनतम योग्यता सचिब सरह हुन् लाई पनि सहसचिब मा ५ बर्ष काम गरेको हुनु जरुरि छ ! फेरी सहसचिब भएको २-३ बर्षमै नियुक्ति हुदा एकै ब्यक्ति २-३ पल्ट राजदुत हुदा अवसरको बितरण पनि न्यायोचित भएन ! यो कुरा राजदुतको मापदण्डमा सुझावको रुपमा प्रधानमन्त्री र मन्त्रिपरिषद्को सचिवालय र पररास्त्रमा पठाउदा उत्तम हुन्छ !
गुनासो प्राप्त भएको मिति २०७५-२-३०
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • परराष्ट्र मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • धनञ्जय मेहता
  • 014200186
  • gunaso@mofa.gov.np
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।