प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण शुभ प्रभात मलाई आज नेपाल राष्ट्र वैंक,उ मातहतका अन्य वैंकहरू राष्ट्रीय पुनर्निर्माण प्राधिकरण लगायत सरकारले ७२ सालको भुकम्प पिडीत हरू माथी गरेको छल कपट उपर गुनासो व्यक्त गर्न मन लाग्यो कुरा २% वाला लोनको हो जो पहिले १० र १५ वर्ष सम्म दिईने भनेर प्रचार गरियो कालान्तरमा आएर त्यो त केवल २ वर्षको लागी मात्र हो भनेर राष्ट्रवैंक मार्फ़त पुन हौवा फैलाई रिणीहरू लाई आतंकित पार्ने कार्य व्यापक रूपमा गराईने कार्य भईरहेको त विधितै होला जहानिया भनिएको राणा शासन (९०साल)निरंकुस भनिएको पंचायत (४५)समेतले सहज रूपमा उपलव्ध गराएको र पछी मिनाहा समेत गरेको यस प्रकारको रिण जनताको भनिएको वर्तमान सरकारले जनताले फिर्ता गर्ने गरी समेत उपलव्ध गराउन यति सारो छल कपट गर्छ भने यस्तो व्यवस्था र सरकारवाट जनताले अरू के आशा गर्न सक्लान हेलो सरकार तसर्थ यस्तो गहन विषयलाई विशेष महत्व दिई विशेष व्यवस्थानै वनाएर भए पनि सर्व सुलभ तवरले भुकम्प पिडीत हरूलाई सेवा सुविधा (सहुलियत रिण)कम्तिमा पनि १५ वर्षको लागी उपलव्ध गराउने गरी व्यवस्था मिलाउन संवन्धित निकाय लगायत सरकारको ध्यानाकर्षण गराईदिनुहुन विनम्र निवेदन गर्दछु धन्यवाद
गुनासो प्राप्त भएको मिति २०७५-४-२५
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) अर्थ मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • श्याम प्रसाद अाचार्य
  • ९८४१७२६७४३
  • 1111@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्यक कारवाही गरी योजना, अुनगमन तथा मुल्याङ्कन महाशाखालाई जानकारी गराउनु होला ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-४-२७
ताजा अवस्था तपाईंको गुनासो कारवाहीका लागि सम्बिन्धित कार्यालयमा पठाईएको छ र अब सोही कार्यालयबाट गुनासो माथी कारवाही हुनेछ ।