प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण आर्थिक बर्ष ०७३/०७४ मा २/२ पटक लोकसेवा मार्फत लिखित तथा अन्तरबार्ता मार्फत प्रतिस्पर्धाको माध्यम बाट सहरी बिकास मन्त्रालयले ईन्जिनियर,सब-ईन्जिनियर र असिस्टेन्ट सब-ईन्जिनियर करार सेवामा निउक्ती गर्यो जो अनुसार सबै साथिहरु जागिर भन्दा पनि देश निर्माणको अवसर सम्झियर अहोरात्र आफ्नो कर्तव्यमा खटिय तर परिणाम नब निउक्त सहरी बिकास मन्त्री जिउ बाट हामी सबै जना पाखा लाग्न पुग्यौ आखिर येहि हो त राज्यको कर्तव्य निष्ठ कर्मचारी माथी हेर्ने नजर अनि व्यवहार??प्राबिधिक जस्तो राष्ट्र्को सम्बेदन्शिल पाटोमा यसरी नजर अन्दाज नगरियोस र कसैको सिमित स्वार्थ का निम्ति हामिलाइ बलिको बाख्रो जस्तो नबनाइयोस..अन्य सबै निकायमा करार सम्झौता भैसक्दा किन हाम्रो मा हुन सकेको छैन जबकी हामी ऐलेको यो समय सम्म नि अफिसमै कार्यरत छौ साइटमा खटिइ रहेका छौ येहा कोइ छैन सुपरभिजनको लागि हामी आफुले थालेका योजना अलपत्र भयको हेर्न नसकेर बिना सेवा सुबिधा खट्दै छौ अझै पनि येहि हो राज्यको नजर हामी मा ??? के कुनै नेताको लंगुटी नभैकिन सरकारी सेवामा रहन अब बन्देज नै होर??येदि होइन भने के कति कारणले हाम्रो यो बिजोग भयको हो अथवा कुन प्रयास हुँदै छ प्रस्ट जानकारी हुनु पर्यो!! स-धन्यबाद बिदा..जय देश
गुनासो प्राप्त भएको मिति २०७५-५-२९
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) सहरी विकास मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • निर्माण कुमार कार्की, उप सचिव
  • ४२००००४
  • गुनासो माथिको प्रतिक्रिया
  • प्रस्तुत निवेदन/गुनासो सम्बन्धमा अस्थायी दरबन्दी स्वीकृत हुने प्रक्रियामा रहेकोले करार अवधि थप गर्न ढिलाई भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-६-२
  •  
  • 2) प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय
  • गुनासो सुन्ने आधिकारी:
  • रामचन्द्र कोइराला
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • धन्यवाद ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-६-४
ताजा अवस्था गुनासो माथीको छानवीन पुरा भइ सकेको छ ।
गुनासो माथिको अन्तिम निर्णय प्रस्तुत निवेदन/गुनासो सम्बन्धमा अस्थायी दरबन्दी स्वीकृत हुने प्रक्रियामा रहेकोले करार अवधि थप गर्न ढिलाई भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।