प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण ५० रुपैंयाको नोटमा गभर्नरको हस्ताक्षर र नम्वर छैन, उपभोक्ता त्रासमा५० रुपैंयाको नोटमा गभर्नरको हस्ताक्षर र नम्वर छैन, उपभोक्ता त्रासमा काठमाडौँ, २६ असोज । नेपाल राष्ट्र बैङ्कका गभर्नरको हस्ताक्षर नभएको रकम बाँडिएको छ । दशैको बेलामा निर्वाणा बचत तथा ऋण सहकारी संस्था सामाखुसीबाट ५० रुपैंयाको नोटमा हस्ताक्षर र नम्वर नभएको फेला परेको हो । निर्वाणा बचत तथा ऋण सहकारी संस्थाका कर्जा अधिकृत अमीर तिमिल्सिनाका अनुसार एक लाख २० हजार रुपैंया रिलायन्स फाईनान्सबाट निकालेका थिए । जसमध्येको ५० रुपैंयाको नोटमा नेपाल राष्ट्र बैङ्कका गभर्नरको हस्ताक्षर र नम्वरनै उल्लेख गरिएको छैन । विगत १० वर्षदेखि सो सहकारीले माग अनुसार नयाँ नोट सटहि गर्दै आएको थियो । यस वर्ष भने नयाँ नोट साट्नका लागि राष्ट्र बैङ्कले सहकारी संस्थाहरुलाई दुई लाख रुपैंया मात्र उपलब्ध गराएको छ । बजारमा राष्ट्र बैङ्कले उपलब्ध गराएकै रकम शंकास्पद देखिदा आम उपभोक्ता त्रासमा छन् । नेपाल राष्ट्र वैङकका प्रवक्ता नारायण प्रसाद पौडेलले धेरै रकममा केहि त्रुटी हुनु स्वभाविक भएको बताएका छन् । उनले मुद्रा व्यवस्थापन विभागमा सम्पर्क गरि हस्ताक्षर र रकम नै उल्लेख नभएको नोट साट्न मिल्ने लाल्टिन खवरलाई जानकारी दिएका छन् ।
गुनासो प्राप्त भएको मिति २०७५-६-२६
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) अर्थ मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • श्याम प्रसाद आचार्य, शाखा अधिकृत
  • ४२००४२१
  • गुनासो माथिको प्रतिक्रिया
  • अावश्यक कारवाही गरी यस महाशाखालाई जानकारी गराउनु हुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-६-२६
ताजा अवस्था तपाईंको गुनासो कारवाहीका लागि सम्बिन्धित कार्यालयमा पठाईएको छ र अब सोही कार्यालयबाट गुनासो माथी कारवाही हुनेछ ।